Section 65
विवरण दिनुपर्ने
(१) लेखापरीक्षकले लेखापरीक्षणको सिलसिलामा मागेको हिसाब किताब, खाता बही, श्रेस्ता र लेखा लगायत सोसँग सम्बन्धित अन्य विवरण बैंक वा वित्तीय संस्थाले जुनसुकै बखत परीक्षण गर्न दिनु पर्नेछ । (२) उपदफा (१) को प्रयोजनको लागि लेखापरीक्षकले मागेका कुराको यथार्थ विवरण तथा जवाफ त्यस्तो विवरण वा जवाफ दिने जिम्मेवारी भएको पदाधिकारीले तुरुन्तै दिनु पर्नेछ ।